Logo
Logo

इजरायल जान पाउने ११७५ जना कामदारको सूची सार्वजनिक (सूचीसहित)



काठमाडौं । इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा पठाइने नेपाली कामदार छनोटको नतिजा सार्वजनिक भएको छ ।

वैदेशिक रोजगार विभागले सोमबार पिआइबिएले चिठा प्रणालीबाट छनोट गरेर ११७५ जना कामदार सूची सार्वजनिक गरेको हो ।

भाषा परीक्षा उत्तीर्ण गरी अन्तर्वार्तामा सहभागी मध्येबाट योग्य १ हजार ६ सयलाई इजरायलको पपुलेसन एन्ड इमिग्रेसन अथोरिटी (पिआइबिए)लाई सिफारिस गरिएको छ । ११७५ कामदारमध्ये ८२१ महिला र ३५४ पुरूष छन् ।

पिआइबीएले छनोट गरेका व्यक्तिहरू र रोजगारदाताबीच रोजगार सम्झौता भएपछि रोजगारका लागि नेपाली इजरायल जान पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्