Logo
Logo

इजरायलमा रोजगारीमा जाने १ हजार १७५ कामदार छनोट



काठमाडौं । बारम्बार श्रमसम्बन्धी सम्झौता हुने तर कार्यान्वयन पक्ष फितलो भइरहेका बेला इजरायलले नेपालबाट लैजाने १ हजार १७५ जना कामदार छनोट गरेको छ । वैदेशिक रोजगारीका लागि आकर्षक मुलुकका रूपमा लिइने इजरायलले विभिन्न चरण पार गरिसकेका योग्य १ हजार नेपालीलाई लैजाने गरी गोलाप्रथाबाट छनोट गरेको हो ।

वैदेशिक रोजगार विभागले केही समय अघि इजरायल जान चाहनेका लागि परीक्षा लिएको थियो । यसमध्ये नेपालमा भएको छनोट प्रक्रियामा विभिन्न चरण पार गरी १ हजार ६०० नेपालीलाई सूचीकृत गरिएको थियो ।

सूचीकृतमध्ये १ हजार जनाको नाम मंगलवार गोलाप्रथाबाट छनोट गरिएको हो । इजरायलको जेरुसेलममा गरिएको गोलाप्रथाबाट छनोट भएका नेपालीको नाम वैदेशिक रोजगार विभागमा पठाइसकेको छ । वैदेशिक रोजगार विभागका महानिर्देशक दीपक काफ्लेले इजरायली पक्षबाट १ हजार १७५ जना नेपालीको नाम छनोट गरी आइसकेको बताए ।

उनले नाम आएका व्यक्तिहरूको अब मेडिकल परीक्षण र प्रहरी रिपोर्ट आएपछि इजरायल जान तयार हुने बताए । छनोट भए पनि मेडिकल परीक्षणको रिपोर्ट र प्रहरी रिपोर्टमा गलत आएमा इजरायल ल जान पाउने अवस्था रहने छैन ।, यो समाचार आर्थिक अभियान दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्