Logo
Logo

दसैंमा सुनिन छाड्यो चचहुइ…



काठमाडौं । दसैं लागे पनि कपिलवस्तु नगरपालिका–२, सागरटोलकी १० वर्षे काशवी शर्माले चचहुइ/चचहुइ भन्दै पिङमा अझै मच्चिन पाएकी छैनन् । टोलको चन्द्रघण्ट रुद्र मन्दिरअघि सधैं राखिने लिंगे पिङ यसपटक राखिएको छैन । ‘पिङ नराख्दा खल्लो महसुस भयो,’ उनले भनिन्, ‘दसैं आएजस्तै लागेन ।’

बडा दसैंको घटस्थापनादेखि पिङमा मच्चिने बानी परेकी उनी अहिले तौलिहवा आसापस पिङ खोज्दै हिँडेकी छन् । तर, कतै पाएकी छैनन् । उनीजस्तै कपिलवस्तु नगरपालिका–६ बर्मेली टोलकी ५२ वर्षीया हरिकला आचार्य पनि यस वर्ष दसैं खल्लो भएको बताउँछिन् । ‘पिङमा मच्चिँदाको आनन्द निकै रोमाञ्चक हुन्थ्यो,’ उनले भनिन्, ‘सधैं सशस्त्र प्रहरीले पिङ बनाइदिन्थ्यो ।’ तर, गत वर्षदेखि चचहुइँ गर्न नपाउँदा नियास्रो लागेको छ ।’

बडा दसैंदेखि तिहारसम्मै रौनक बढाउने लिंगे पिङ अहिले विस्तारै हराउँदै गएको छ । ८र१० वर्षअघिसम्म दसैंको घटस्थापनादेखि नै गाउँटोलमा रोटे, जाते र लिंगे पिङ हालेर गाउँले नै रमाउने गर्थे । तर, अचेल निकै कम भएको छ । रोटे र जाते पिड त देख्नै छाडिएको छ । कहींकतै देखिए लिंगे पिङ मात्रै देखिन्छ ।

दसैंसँग धार्मिक, ऐतिहासिक र सांस्कृतिक सम्बन्ध बोकेको लिंगे पिङ जिल्लाका थोरै ठाउँमा मात्र देख्न सकिन्छ । यस वर्ष जिल्लाका वाणगंगा नगरपालिकोको भक्लापुर, उप्टाहा, बुङ्ची र चप्पर गाउँलगायत ६र७ ठाउँमा मात्र लिंगे पिङ राखिएको छ । भक्लापुरको नदी छेउमा युवाले एकै ठाउँ दुईवटा लिंगे पिङ बनाएका छन् ।, यो समाचार कान्तिपुर दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्