Logo
Logo

आज दशैंको सातौ दिनः फूलपाती भित्र्याइँदै



काठमाडौं । आज हिन्दु नेपालीहरुको महान चाँड दशैंको सातौं अर्थात सप्तमी । आजको दिनलाई फूलपाती भन्ने गरिन्छ । आजको दिन कालरात्रीको समेत पूजा गरिन्छ ।

आजको दिन केरा, हलेदो, धान, अशोक, वेलपत्र, दारिम, धानको वाला, केराको बोट, जयन्ती र उखुँलगायत विभिन्न प्रकारको फूलपात समिश्रित फूलपाती भित्राइन्छ ।

कालरात्रिको विधि विधानअनुसार अनुष्ठान गरेर गणेशको रुपमा स्थापना गरिएको कलशको छेउमा नौवटा स–साना ढुङ्गाहरुलाई नवदेवीका प्रतिमाका रुपमा स्थापित गरी नैवेध, पञ्चामृत फलफूल आदि चढाएर पूजा गर्ने गरिन्छ ।

नेपाल एकिकरण पश्चात् नै गोर्खाबाट उठाइएको फूलपाती देशका विभिन्न ठाँउहरुमा रहेका महत्वपूर्ण शक्तिपीठहरुमा पुर्याइको थियो ।
हनुमानढोका दरबारको दशैंघरमा फूलपाती भित्र्याउने क्रममा राजतन्त्र रहुञ्जेल राज्यप्रमुखका नाताले राजाको पनि उपस्थिति रहने गरेकामा गणतन्त्र स्थापनापछि भने संस्कृतिमन्त्री उपस्थित हुने गरेको पाइन्छ ।
आश्विन शुक्ल प्रतिपदाका दिनमा वैदिक विधिपूर्वक घटस्थापना गरी जमरा राखेपछि सुरु हुने दशैंको चहलपहल आजैका दिनदेखि बढ्छ ।

प्रतिक्रिया दिनुहोस्