Logo
Logo

मुगुमा बस दुर्घटना हुँदा २२ जनाको मृत्यु, १८ घाइते



मुगु । मुगुमा यात्रुवाहक बस दुर्घटना हुँदा २२ जनाको मत्यु भएको छ ।

मंगलबार नेपालगन्जबाट मुगुको सदरमुकाम गमगढी जाँदै गरेको बस छायाँनाथ रारा नगरपालिका–७ पिना झ्यारीखोलामा दुर्घटना भएको हो । दुर्घटना परि १८ जना घाइते भएका छन् ।

प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतका अनुसार अहिले प्रहरी टोली र स्थानीयहरु उद्वारका लागि घटनास्थलमा पुगेका छन् । घटनाबारे पूर्ण विवरण आइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्