Logo
Logo

गोरखामा बोलेरो दुर्घटना हुँदा १४ जना घाइते



गोरखा । गोरखामा बोलेरो दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । मंगलबार बेनिघाटबाट माझीटार तर्फ जादै गरेको बा २० च ४४०० नम्वरको बोलेर गण्डकी गाउँपालिका–८ मलेओडारमा दुर्घटना भएको हो ।

जिप अनियन्त्रित भइ सडकबाट अम्दाजी ५० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाइतेहरुलाई उपचारको लागी धादिङको मलेखु स्थित राजमार्ग सामुदायिक अस्पतालमा लगिएको छ ।

सात जनालाई थप उपचारका लागी चितवन मेडिकल कलेज भरतपुर लगिएको डिएसपी प्रकाश दाहालले बताए । घाइते मध्ये तीन जनाको अवस्था गम्भिर रहेको बताइएको छ । ।

प्रतिक्रिया दिनुहोस्