Logo
Logo

मृतकका परिवारलाई क्षतिपूर्ति दिन सरकारसँग प्रचण्डको माग



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुगु दुर्घटनाका मृतकका परिवारलाई क्षतिपूर्ति र घाइते को निःशुल्क उपचारको व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् ।

बुधबार विज्ञप्ति जारी गर्दै प्रचण्डले मंगलबार मुगुमा भएको भयानक बस दुर्घटनामा ३२ जना यात्रुको मृत्यु भएको खबरले स्तब्ध बनाएको भन्दै मृतकका परिवारलाई क्षतिपूर्ति माग गरेका हुन् ।

कास्की, अछाम लगायत देशका विभिन्न क्षेत्रहरुमा भएका सडक दुर्घटनाका खबरले थप मर्माहत बनाएको भन्दै प्रचण्डले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार तथा आफन्तजनमा समवेदना व्यक्त गरेका छन् ।

चाडपर्वमा यातायातका साधनले क्षमताभन्दा बढी यात्रु ओसारपसार गर्नुले दुर्घटना बढ्न पुगेको भन्दै यस्ता घटना हुन नदिनेतर्फ सरोकारपालाले ध्यान दिनुपर्ने विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्