Logo
Logo

नेपाली फुटबल टिमलाई प्रधानमन्त्रीको बधाई



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले साफ च्याम्पियनसिपको फाइनलमा पुगेको नेपाली फुटबल टिमलाई बधाई दिएका छन् ।

प्रधानमन्त्री देउवाले बुधबार साँझ सामाजिक सञ्जाल ट्वीटरमार्फत नेपाली टिमलाई बधाई दिएका हुन् ।

बुधबार भएको खेलमा बंगलादेशलाई बराबरीमा रोक्दै नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेको हो ।

आगामी खेलका लागि शुभेच्छासहित नेपाली टिमलाई प्रोत्साहन पनि उनले प्रदान गरेका छन् । देउवाले ट्वीटरमा लेखेका छन्, ‘साफ फुटबल प्रतियोगिताको फाइनलमा पुगेको नेपाली फुटबल टोलीका सम्पूर्ण खेलाडी, प्रशिक्षक तथा अफिसियलहरूलाई बधाई तथा आगामी खेलको लागि शुभेच्छासहित प्रोत्साहन दिन चाहन्छु ।’

साफ च्याम्पियनसिपको फाइनलमा अब नेपाल र भारतबीच प्रतिस्पर्धा हुने छ । बुधबार नै भारतले मालदिभ्सलाई ३–१ले पराजित गर्दै नेपालसँगको उपाधि भिडन्त पक्का गरेको हो ।

यो पनि

प्रतिक्रिया दिनुहोस्