Logo
Logo

यस्तो छ आज दिनभरीको मौसम पूर्वानुमान



काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज प्रदेश नम्बर–१ र वाग्मती प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।

हाल पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहेको छ । अहिले देशलाई प्रत्यक्ष प्रभाव पार्ने उल्लेखनीय मौसम प्रणाली नभएको महाशाखाले जनाएको छ ।

महाशाखाले बिहीबार बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा आज दिउँसो प्रदेश–१, प्रदेश नम्बर–२, वाग्मती तथा बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने उल्लेख छ ।

प्रदेश–१ र वाग्मती प्रदेशका एक–दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना छ । आज राति प्रदेश–१, प्रदेश–२, वाग्मती तथा बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश–१ र वाग्मतीका एक–दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्