Logo
Logo

प्रधानमन्त्रीले लगाए टिका



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले दसैंको टीका ग्रहण गरेका छन् । प्रधानमन्त्री देउवाले दसैं टिकाको शुभ साइत पारेर परिवारसहित टीका लगाएका हुन् । विजयादशमीका दिन आज बिहान १० : ०२ बजे टीका लगाउनका लागि शुभ रहेको थियो ।

श्रीमती आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव तथा भतिजा भानु देउवा, प्रकाश देउवा, छोरा जयविरसिंह देउवाको साथमा प्रधानमन्त्री देउवाले तस्बिर सार्वजनिक गरेका छन् । आज देशभर टिका ग्रहण तथा मान्यजनसँग टिका ग्रहण गरेर दशैं मनाइँदैछ ।

प्रतिक्रिया दिनुहोस्