Logo
Logo

चिनियाँ राजदूत यान्छीले लगाइदिइन् टिका



काठमाडौं । नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीले आफ्ना कर्मचारीहरुलाई टिका लगाइदिएर दशैं मनाएकी छन् ।

शुक्रबार काठमाडौंस्थित दूतावास टिका लगाएपछि सोशल मिडियामा केही तस्बिर शेयर गरेकी छन् । तस्बिरसँग क्याप्सनमा लेखेकी छन्, ‘मेरा नेपाली सहकर्मीहरूसँग दशैं मनाउन पाएकोमा खुशी छु । सबै नेपाली साथीहरूलाई सुस्वास्थ्य सुख र उन्नतिको लागि मंगलमय शुभकामना गर्दछु ।’

प्रतिक्रिया दिनुहोस्