Logo
Logo

‘साफ च्याम्पियनसिप जितका लागि खेल्नेछौँ’



काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका सहायक प्रशिक्षक किरण श्रेष्ठले भारतविरुद्ध नेपालले बलियो चुनौती पेस गर्ने दाबी गरेका छन् ।

नेपालले साफ च्याम्पियनसिप २०२१ को फाइनलमा शनिबार भारतको सामना गर्दैछ । त्यसको पूर्व सन्ध्यामा आयोजित प्रि–म्याच कन्फ्रेन्समा सहायक प्रशीक्षक श्रेष्ठले भारतविरुद्ध नेपालले बलियो चुनौती पेस गर्ने दाबी गरेका हुन् ।

सहायक प्रशीक्षक श्रेष्ठले भने, ‘भारतविरुद्धको खेलमा बलियो चुनौती पेस गर्नेछौँ । जितका लागि खेल्नेछौँ र हाम्रो उद्देश्य जित नै रहेको छ । नेपाल जितका लागि हकदार पनि रहेको छ ।’

लिग चरणको खेलमा नेपाल भारतसँग १–० गोल अन्तरले पराजित भएको थियो । सन् १९९३ देखि सुरु भएको साफ च्याम्पियनसिप फुटबलको फाइनलमा नेपाल पहिलोपटक प्रवेश गरेको छ ।

प्रतिक्रिया दिनुहोस्