Logo
Logo

विवाहमा बेहुला र बेहुली पक्षबीच कुटाकुट, एकको मृत्यु


- दृष्टि न्युज/संवाददाता


लमजुङ, १९ बैशाख ।
विवाहमाजन्ती र बेहुली पक्षबीच कुटाकुट हुदाँ गोरखामा एक जनाको मृत्यु भएको छ ।


बुधबार लमजुङबाट आएको जन्तीले गोरखा पालुङटार नगरपालिका–४ कुमाल गाउँकी केटी जिस्काएको भन्दै बेहुली पक्षले जन्ती पक्षलाई कुटपिट गरेको प्रहरीले जनाएको छ । कुटपिटबाट घाइते भएका लमजुङ राइनस नगरपालिका–४ अल्काटारका विष्णु बहादुर कुमालको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा बिहीबार मृत्यु भएको एसपी भोला रावलले बताए ।

घटनाको सत्यतथ्य छानविन गरी दोषीलाई कारवाही गर्नुपर्ने र घटनाको क्षतिपूर्तीको माग गर्दै पीडित पक्षले इलाका प्रहरी कार्यालय ठाटीँपोखरीमा ढुङ्गामुढा प्रहार गरेका छन् । त्यसको जवाफमा प्रहरीले ७ राउण्ड अश्रु ग्यास प्रहार गरेको छ । कुटपिटमा संम्लग्न १२ जनालाई पक्राय गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्