Logo
Logo

आमरण अनसनरत अधिकारकर्मी रुबी अस्पताल भर्ना



काठमाडौं । महिला हिंसाविरुद्धको आन्दोलनको नेतृत्व गरेर नेपालगञ्जबाट पैदलयात्रा हिडेर काठमाडौं आएका रुबी खानलाई अस्पताल भर्ना गरिएको छ । नौं दिनदेखि माइतीघर मण्डलामा अनसनरत उनलाई शनिबार अपरान्ह त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज लगिएको हो ।

सार फेर्न गाह्रो हुनुका साथै शरीरमा पानीको मात्र कम भएपछि उनलाई अस्पताल भर्ना गरिएको नागरिक आन्दोलनका अगुवा डा सञ्जीव उप्रेतीले बताए ।

बाँकेको नवानी गाउँकी नकुन्नी धोबी र परस्पुर गाउँकी निर्मला कुर्मीको मृत्युको घटनामा प्रहरीले गरेको अनुसन्धान चिक्त बझु्दो नभएको भन्दै बाँकेका ११ महिलासहित १४ जना न्यायको खोजीमा नेपालगञ्जबाट २० दिन हिँडेर काठमाडौं आएका थिए ।

काडमाडौं आए लगतै प्रहरीले रुबीलाई पक्राउ गरेर वहुविवाहको मुद्दामा फसाउन खोजेको थियो । तर सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएपछि छुटेकी उनले आमरण अनसन भने जारी राखेकी छन् । रुबीले अस्पतालमा पनि आमरण अनसन जारी राख्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्