Logo
Logo

नेपाल सार्कको पावर हाउसको हैसियतमा



काठमाडौं । दक्षिण एसियाली फुटबलमा नेपाल सँधै एक सशक्त टिमको रूपमा रहिआएको छ । त्यसैले दक्षिण एसियाली क्षेत्रको सबभन्दा ठूलो प्रतियोगिता साफ च्याम्पिन्सिपलाई नेपालले सँधै आफ्नो प्रतिष्ठाको विषय बनाएको हुन्छ ।

तर यो प्रतियोगिता नेपालको प्रदर्शन कहिल्यै राम्रो भएन । यद्यपि यसपटक माल्दिभ्समा भएको १३ औँ साफ च्याम्पियन्सिपमा नेपालले पहिलो पटक फाइनलमा पुगेर इतिहास बनायो । त्यसपछि नेपालसमक्ष पहिलो पटकको फाइनलमा प्रवेशमा नै परम्परागत प्रतिद्वन्द्वी भारतलाई हराएर अर्को इतिहास बनाउने अवसर प्राप्त थियो ।

तर साफ च्याम्पियन्सिपमा सँधै दबाब बनाउँदै आएको भारतले शनिबार राती नेपाललाई ३–० ले हराएर साफ च्याम्पियन्सिपमा नयाँ विजेताको उदय हुन दिएन । यद्यपि यस प्रतियोगिताले दक्षिण एसियाली फुटबलमा नेपाल एक पावरहाउस हो भन्ने सिद्ध भएको छ ।
कुवेती प्रशिक्षक अब्दुल्ला अल्मुताइरीको प्रशिक्षकत्वमा रहेको नेपालले यसपालि आप्mनो छवि उच्च पार्न सफल भएको छ ।

यसपटक साफ च्याम्पियन्सिपमा भारतसँग मात्र नेपाल पराजित भयो । फाइनल पुग्ने क्रममा नेपालले आयोजक तथा गत विजेता माल्दिभ्स र श्रील्ङ्कालाई हराएको थियो । नेपालले बङ्गलादेशविरुद्ध भने बराबरीमा खेल्यो ।, यो समाचार गोरखापत्र दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्