Logo
Logo

एकीकृत समाजवादीको जिम्मेवारी बाँडफाँटमा अनेरास्ववियू असन्तुष्ट



काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टी नेपालले गरेको जिम्मेजारी बाँडफाँटमा विद्यार्थी संगठन अनेरास्ववियूले असन्तुष्टि जनाएको छ ।
एकीकृत समाजवादीले गत बिहीबार अन्तरपार्टी निनर्देशिनका (अपानि)–२ जारी गर्दै बाँडफाँट गरेको जिम्मेवारीप्रति अनेरास्ववियूले असन्तुष्टि जनाएको हो । अनेरास्वविूले मापदण्ड विपरीत जिम्मेवारी तोकिनु गलत रहेको बताएको छ ।

‘मापदण्ड एउटा, पात्र छनोट अनेक’ हुनु पार्टीका लागि राम्रो नहुने अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले बताए । उनले भने– ‘गलत मानसिकताबाट व्यक्ति छनोटलाई रुचाउने परिपाटी सकारात्मक अभ्यास होइन । यसले पार्टी निर्माणमा गम्भीर संकट पैदा हुनसक्छ ।

व्यक्तिभन्दा पनि पद्धति ठूलो भन्ने परिपाटी विकास नभएसम्म पार्टी बन्दैन । पार्टीले जसरी जिम्मेवारी बाँडफाँट गरेको छ । त्यो गलत छ ।’
जिम्मेवारी विभाजनमा अनेरास्ववियूले असन्तुष्टि जनाएपछि पार्टीले यस विषयमा पुर्नविचार गर्ने बताएको छ । पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले केन्द्रीय कमिटी विस्तार र नेताहरुको कार्यविभाजनमा नपरेकाहरुले असन्तुष्टि जनाएकाले त्यसलाई सच्याइने बताए ।

प्रतिक्रिया दिनुहोस्