एकीकृत समाजवादीले तोक्यो विभागीय जिम्मेवारी, कसले कुन विभाग पाए ? (सूचीसहित) « Drishti News – Nepalese News Portal
Logo

एकीकृत समाजवादीले तोक्यो विभागीय जिम्मेवारी, कसले कुन विभाग पाए ? (सूचीसहित)


दृष्टि संवाददाता


काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीले विभिन्न विभागको जिम्मेवारी तोकेको छ । गत बिहीबार अन्तरपार्टी निर्देशिन (अपानि)–२ जारी गर्दै विभागीय जिम्मेवारी बाँडफाँट गरेको हो ।

जसअन्तर्गत वरिष्ठ नेता झलनाथ खनालले सम्मानित नेता तथा विदेश विभाग प्रमुखको जिम्मेवारी पाएका छन् । त्यस्तै नेता मुकुन्द न्यौपानले उद्योग वाणिज्य विभाग प्रमुख तथा उद्योग व्यवसाय फाँट इञ्चार्ज, उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले पार्टी राजकीय मामिला विभाग प्रमुख र वागमती प्रदेश संसदीय दलको नेताको जिम्मेवारी पाएका छन् ।

प्रमेश हमाल पार्टी स्कूल विभाग प्रमुख, महासचिव डा. बेदुराम भुसाल सङ्गठन विभाग प्रमुख र राष्ट्रिय सभा दलको नेता, उपमहसचिव प्रकाश ज्वाला सङ्गठन विभाग उपप्रमुख तथा कर्णाली प्रदेश इञ्चार्ज तोकिएको आपनीमा उल्लखे छ ।

उपमहसचिव डा. गङ्गालाल तुलाधर केन्द्रीय कार्यालय तथा विपद् व्यवस्थापन र शिक्षा विभाग प्रमुख, उपमहसचिव डा. विजय पौडेल मोर्चा इञ्चार्ज तथा अर्थ योजना विभाग प्रमुख, उपमहसचिव जगन्नाथ खतिवडा सचिव तथा प्रचार विभाग तथा संचार फाँट इन्चार्ज बनेका छन् ।

त्यस्तै सचिव नागेन्द्र चौधरी वन तथा वातावरण विभाग र स्वास्थ्य विभाग प्रमुख, जीवनराम श्रेष्ठ वागमती प्रदेश सहइञ्चार्ज, संघीय संसदीय विभाग प्रमुख काठमाडाैं जिल्ला इन्चार्ज, उर्वादत्त पन्त स्थायी कमिटी सदस्य भौतिक योजना विभाग प्रमुख रहेका छन् ।

गोविन्द कोइराला सहकारी तथा गरीबी निवारण विभाग प्रमुख, गौरा प्रसाई कोइराला समाज कल्याण विभाग प्रमुख, बलराम बास्कोटा कृषि तथा भूमिसुधार विभाग प्रमुख किसान फाँट इञ्चार्ज, भानुभक्त जैसी जलस्रोत, सिँचाइ तथा ऊर्जा विभाग प्रमुख रहेका छन् ।

शत्रुधन महतो उपभोक्ता हित संरक्षण विभाग प्रमुख तथा फाँट इञ्चार्ज र प्रदेश २ संसदीय दलको नेता, हरि पराजुली स्थानीय तह विभाग प्रमुख रहेका छन् ।

त्यसैगरी सोमप्रसाद पाण्डे कोष तथा आर्थिक विभाग प्रमुख र पाल्पा जिल्ला इञ्चार्ज, राजेन्द्रमान श्रेष्ठ श्रम रोजगार विभाग प्रमुख, रामकुमार भट्टराई विद्यार्थी फाँट इञ्चार्न तथा निर्वाचन विभाग प्रमुख, गोविन्द बन्दी कानुन विभाग प्रमुख तथा फाँट इञ्चार्ज रहेका छन् ।

हिराचन्द्र के.सी.युवा तथा खेलकुद विभाग प्रमुख तथा दाङ जिल्ला सह–इन्चार्ज, पुष्पाकुमारी कर्ण राष्ट्रिय हित सुरक्षा प्रबद्र्धन विभाग प्रमुख, सरोज उपाध्याय विज्ञान प्रविधि विभाग प्रमुख तोकिएको आपनीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्