Logo
Logo

एकीकृत समाजवादीका तीन मन्त्री पार्टीमा विभागीय जिम्मेवारीविहीन



काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का तीन मन्त्री पार्टीमा विभागीय जिम्मेवारीविहीन भएका छन् ।

गत बिहीबार एकीकृत समाजवादीले अन्तरपार्टी निर्देशिन (अपानि–२) जारी गर्दै विभागीय जिम्मेवारी बाँडफाँट गरेको छ । जसमा तीन मन्त्री विभागीय जिम्मेवारीविहीन भएका हुन् ।

एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य रहेका ​स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा, सचिव तथा सहरी विकासमन्त्री
रामकुमारी झाँक्री र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ पार्टीमा विभागीय जिम्मेवारीविहीन भएका हुन् ।

तर एक मन्त्री र एक राज्यमन्त्रीले भने पार्टीमा थप जिम्मेवारी पाएका छन् । पार्टीका पोलिटब्युरो सदस्य रहेका संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिम प्रदेश सहइञ्चार्जको जिम्मेवारी पाएका छन् । त्यस्तै वैैकल्पिक पोलिटब्युरो सदस्य तथा स्वास्थ्य राज्यमन्त्री भवानीप्रसाद खापुङले तेह्रथुम जिल्ला इञ्चार्ज पाएका छन् ।

सरकारमा काम गर्ने वतावरण राम्रो बनोस् भनेर तीन मन्त्रीलाई विभागीय जिम्मेवारी नदिएको पार्टीका प्रवक्ता जगन्नाथ खतिवाडाले बताए ।

प्रतिक्रिया दिनुहोस्