मोहम्मद साहको मृत्युबारे छानविन गरी दोषीलाई कारवाही गर्ने प्रतिबद्धत « Drishti News – Nepalese News Portal
Logo

मोहम्मद साहको मृत्युबारे छानविन गरी दोषीलाई कारवाही गर्ने प्रतिबद्धत


दृष्टि संवाददाता


काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले प्रहरी हिरासतमा मृत्यु भएका सुनसरीका मोहम्मद हकीम साहको बारेमा छानबिन गरी दोषीलाई कारबाही गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

आइतबार मुस्लिम समुदायसँग सम्बन्धित संघसंस्थाका प्रतिनिधिहरुले साहको मृत्युबारे ध्यानाकर्षण गराएको थियो । सो क्रममा
गृहमन्त्री खाणले साहको मृत्युबारे छानविन हुने र दोषीलाई कारवाही गरिने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

उनले नागरिकको जीवन रक्षा गर्न सरकार सधैँ तत्पर रहेको बताउँदै सत्यतथ्य बाहिर ल्याउन सरकार र आफू संवेदनशील रहेको पनि बताए ।

गृहमन्त्रालय पुगेको टोलीले सत्यतथ्य छानविन गरि साहलाई न्याय दिन गृहमन्त्री खाणसमक्ष आग्रह गरेको थियो । सुनसरी भोक्ताहा नरसिंह गाउँपालिकाका साहको गत असोज २४ गते जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा मृत्यु भएको थियो ।

ज्ञापनपत्र बुझाउन इस्लामी संघका अध्यक्ष खुर्शिद आलम, नेपाल मुस्लिम संघका महासचिव रहमतुल्ला मियाँ र राष्ट्रिय मानव अधिकार आयोगकी पूर्व सदस्य मोहना अन्सारीसहितको टोली मन्त्रालय पुगेको थियो ।

टोलीले गृहमन्त्री खाणलाई बुझाएको ज्ञापनपत्रमा सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित छानविन समितिलाई भङ्ग गरी उच्च अदालतका न्यायाधीशको संयोजकत्वमा मानव अधिकारकर्मीसहितका विज्ञ टोली गठन गर्न माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्