Logo
Logo

राष्ट्रपति र प्रधानमन्त्रीको ‘दर्शन’ नै यति महँगो ?



काठमाडौं । काठमाडौंको माइतीघरस्थित सडकको भित्तामा टाँगिएको एउटा ब्यानर बोल्छ– ‘महिलाको हत्या, अपहरण, शरीर बन्धक र कर्तव्य ज्यान गरी मार्नेहरू होसियार, मौन बस्ने सरकार खबरदार !’ ब्यानरको एकापट्टि पिठ्युँभरि नीलडाम देखिने नन्कुन्नी धोबीको तस्बिर छ । छेउमा लेखिएको छ, ‘घरेलु हिंसापीडित नन्कुन्नी धोबी र विधवा निर्मला कुर्मी हत्याका दोषीलाई पक्राउ गरी कारबाही गरियोस् ।’

भुइँमा बसेका छन्– बाँकेका महिला अधिकारकर्मी र मृतकका आफन्त । कोही सुतिरहेका, कोही बसेरै निदाइरहेका । सबै थकित । नेपालगन्जदेखि पैदलै आउँदा खुट्टामा उठेका पानीफोका फुटेर चहर्‍याइरहेका घाउको पीडा उनीहरूको अनुहारमा झल्किरहेको छ । १३ महिलासहित १७ जनाको टोली बिहान ११ नबज्दै ब्यानर टाँगेर धर्ना बस्छन् । बेलुका ५ बजेपछि ब्यानर पोको पारेर आश्रय खोज्दै दगुर्छन् ।

माइतीघरमा ११ दिनदेखि बसेका उनीहरूको पछिल्लो संघर्ष ५० दिन देखिको हो । एकातिर प्रहरीको धरपकड, अर्कोतिर आन्दोलनबाट फिर्ता हुन पीडकहरूकोधाकधम्की । लामो संघर्षले सबैको शरीर गलिसकेको छ तर महिला हिंसाका कारण ज्यान गुमाएका र बेपत्ता पारिएका धोबी र कुर्मीको न्यायका निम्ति खबरदारी गर्दै उठेको उनीहरूको आवाज अझै जोडदार छ ।

सरकारको मौनता तोड्न उनीहरूले नेपालगन्जमै जिल्ला प्रहरी कार्यालयअगाडि १९ दिनसम्म धर्ना दिए । जिल्ला प्रशासनले नसुनेपछि बुटवलमा मुख्यमन्त्रीलाई भेटेर हारगुहार गरे । तर न्याय पाउने विश्वास नभएपछि हिँडेर उनीहरू काठमाडौं आइपुगेका हुन् ।, यो समाचार कान्तिपुर दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्