Logo
Logo

अगुएरोको डेब्यूमा बार्साको जीत हासिल



काठमाडौं । सर्जियो अगुएरोले डेब्यूमा बार्सिलोनाले भ्यालेन्सियामाथि ३–१ को जीत हासिल गरेको छ । खेल सकिन तीन मिनेट बाँकी छँदा उनी मैदान प्रवेश गरेका थिए ।

अगुएरो यो सिजन म्यानचेस्टर सिटीबाट बार्सिलोनामा आबद्ध भएका थिए तर चोटका कारण उनी लामो समय मैदान बाहिर रहन बाध्य बनेका थिए ।

खेलमा अग्रता बने पाहुना टोलीले लिएको थियो । जोसे गायाले खेलको पाँचौ मिनेटमा भ्यालेन्सियालाई अग्रता दिलाएका थिए । तर, १३ औँ मिनेटमा अन्सु फातीले मेम्फिस डिपायको पासमा खेल बराबरी गरेका हुन् ।

पहिलो हाफ सकिन लाग्दा बक्सभित्र फातीलाई फल हानेपछि बार्सिलोनाले पेनाल्टी पायो जसलाई डेपायले सजिलै गोलमा परिणत गरे । दोस्रो हाफको अन्त्यतिर फिलिपे काउन्टिन्होले गोल गर्दै बार्सिलोनाको जीत सुनिश्चित गरे ।

सन् २०२० को नोभेम्बरपछि काउन्टिन्होले पहिलो गोल गरेका थिए । जीतसँगै बार्सिलोना १५ अंक बटुल्दै लिगको सातौँ स्थानमा उक्लिएको छ । आइतबार नै भएका अन्य खेलमा सेभियाले सेल्टाभिगोलाई हराउँदै लिगको तेस्रो स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया दिनुहोस्