Logo
Logo

म्युजिक भिडियोमा साम्राज्ञीको बोल्ड अवतार



काठमाडौं । पछिल्लो करिब डेढ वर्षदेखि चलचित्रकर्मीको पेशा चौपटजस्तै भएको छ । चलचित्र क्षेत्र नै चौपट भएपछि कलाकर्मीको आकर्षण म्युजिक भिडियोतिर मोडिएको छ । थोरै समय र पारिश्रमिक पनि भनेजति पाइने भएपछि चलचित्रमा समेत चुँजी कलाकारहरुको आकर्षण म्युजिक भिडियोतिर मोडिएको हो ।

यस्तैमा चलचित्रसमेत छानेर मात्र अभिनय गर्ने गरेकी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह समेत लगातार म्युजिक भिडियोमा देखिन थालेकी छन् । पछिल्लो समउ उनी ‘प्रभाव’ बोलको गीतको भिडियोमा बोल्ड अवतारमा देखिएकी छन् । उक्त भिडियो हालै सार्वजनिक छ ।

प्रकाशविक्रम थापाको शब्द, संगीत र स्वर रहेको उक्त गीतमा संगीत तथा रेकर्डिङ सुरज शर्माको रहेको छ । शेखरराज खशजुको निर्देशन रहेको भिडियोमा साम्राज्ञीको साथमा विवेक खड्काले अभिनय गरेका छन् । भिडियोमा साम्राज्ञी र विक्रमको अनस्क्रिन रोमान्स देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्