Logo
Logo

अध्यक्ष प्रचण्डद्वारा नेता वैद्यको स्वास्थ्य लाभको कामना



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’लाई भेट्न प्रचण्ड नर्भिक अस्पताल पुगेका छन् । दमको समस्या बढेपछि वैद्य आइतबारदेखि नर्भिक अस्पतालमा उपचाररछ छन् ।

सोमबार नेता वैधसँग अध्यक्ष प्रचण्डले स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । प्रचण्डले नेता वैद्यको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् । वैद्यको स्वास्थ्य अवस्थामा सुधार भइरहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्