Logo
Logo

राखेपका सदस्य सचिव बर्खास्त



काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारको पालमा राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्य सचिव नियुक्त रमेश सिलवाललाई सरकारले बर्खास्त गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सदस्य सचिव सिलवाललाई बर्खास्त गर्ने निर्णय गरेको हो । सरकारले निर्णयसँगै सिलवालको बर्खास्ती प्रकृया अघि बढेको छ ।

नेकपा एमाले निकट सिलवाल २०७६ असार २३ गते पहिलो पटक राखेपको सदस्य सचिव नियुक्त भएका थिए । राष्ट्रिय खेलकुद ऐन २०७७ का कारण एक वर्षमै पदमुक्त भएका सिलवाललाई केपी शर्मा ओली नेतृत्वको सरकारले १२ साउन २०७७ मा पुनः नियुक्त गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्