Logo
Logo

प्रधानमन्त्री शेरबहादुर देउवा स्कटल्याण्ड जाँदै



काठमाडौं । मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा संयुक्त अधिराज्यको ग्लास्गोमा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी ‘वल्र्ड लिडर समिट’मा सहभागी हुने प्रतिनिधिमण्डलको गठन गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको नेतृत्वतमा ‘वल्र्ड लिडर समिट’मा सहभागी हुने निर्णय गरेको हो । स्कटल्याण्डको ग्लास्गोमा यही अक्टोबर ३१ देखि नोभेम्बर १२ सम्म जलवायु परिवर्तनसम्बन्धी २६औँ सम्मेलन हुँदैछ ।

समिटमा अमेरिकाका राष्ट्रपति जोय बाइडेन, बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनलगायत विभिन्न देशका प्रमुख सहभागी हुँदैछन् ।

प्रतिक्रिया दिनुहोस्