मुस्लिम समुदायलाई आज सार्वजनिक बिदा « Drishti News – Nepalese News Portal
Logo

मुस्लिम समुदायलाई आज सार्वजनिक बिदा


दृष्टि संवाददाता


काठमाडौं । सरकारले आज (मंगलबार) मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

सोमबार पत्रकार सम्मेलनमार्फत मन्त्रिपरिषद्को निर्णयबारे जानकारी गराउँदै सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मोहम्मद जयन्ती १४९६ को अवसरमा कात्तिक २ गते मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको बताएका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा ग्लास्कोमा आयोजना हुने जलवायु परिवर्तन सम्बन्धी ‘वल्र्ड लिडर सम्मिट’ मा सहभागी हुने प्रतिनिधि मण्डल गठन भएको छ ।

यस्तै मन्त्रिपरिषद्को बैठकले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन नियमावली २०७८ लाई स्वीकृत पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्