Logo
Logo

महाकाली नदीमा बाढीले खतराको सतह नाघ्यो, आवागमन बन्द



धनगढी । लगातारको वर्षापछि महाकाली नदीमा पानीले खतराको सतह नाघेको छ । आइतबारदेखि भइरहेको लगातार बर्षाको कारण नदीमा पानीले खतराको सतह नाघेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी( सिद्धराज न्यौपानेले जानकारी दिए ।

डीएसपी न्यौपानेले मंगलबार बिहान गरिएको मापनअनुसार महाकालीमा पानीको सतह बढेर तीन लाख ९१ ह्जार क्युसेक पुगेको बताए ।

नदीमा पानीले खतराको सतह नाघेपछि शारदा ब्यारेजमा आवागमनमा रोक लगाइएको छ । अहिले शारदा ब्यारेजमा सवारीसाधन र मानिसको आवागमनलाई पूर्ण रुपमा रोक लगाइएको प्रहरीको भनाई छ ।

महाकाली नदी तटीय क्षेत्रमा पस्दा धेरै परिवार प्रभावित भएको बताउँदै डीएसपी न्यौपानेले तथ्यांक संकलन तथा उद्दारको काम भइरहेको बताए । सुदूरपश्चिमका पहाडी जिल्ला र तराईमा आइतबार रातिदेखि लगातार वर्षा भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्