Logo
Logo

उपराष्ट्रपति पुन वैद्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिन नर्भिक पुगे



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य (किरण)को स्वास्थ्य अवस्थाबारे उपराष्ट्रपति नन्दबहादुर पुनले जानकारी लिएका छन् ।

अस्पतालमा भर्ना भएका वैद्यलाई भेट्न उपराष्ट्रपति पुन आज बिहान ८ः४० बजे अस्पताल पुगेका हुन् । दम रोग पीडित वैद्यलाई आइतबार स्वास्थ्यमा समस्या देखिएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।

उनले वैद्यसँग स्वास्थ्य अवस्थाको विषयमा जानकारी लिनुका साथै शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेका छन् । साथै नर्भिक अस्पतालका चिकित्सक तथा स्वास्थ्यमर्कीले वैद्यको स्वास्थ्य अवस्थाको विषयमा उपराष्ट्रपति पुनलाई जानकारी पनि गराएका थिए ।

वैद्यको उपचारमा संलग्न चिकित्सकले स्वास्थ्य उनको स्वास्थ्यमा राम्रो सुधार आएको र बुधबारसम्म डिस्चार्ज गर्न सकिने जानकारी गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्