गृहमन्त्रीद्वारा मोहन वैद्यको स्वास्थ्यावस्थाबारे जानकारी « Drishti News – Nepalese News Portal
Logo

गृहमन्त्रीद्वारा मोहन वैद्यको स्वास्थ्यावस्थाबारे जानकारी


दृष्टि संवाददाता


काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यको स्वास्थ्यावस्थाबारे जानकारी लिएका छन् ।

आज बिहान थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पताल पुगेर मन्त्री खाँणले वैद्यको स्वास्थ्यावस्थाबारे जानकारी लिएका हुन् । सो क्रममा मन्त्री खाँणले सरकारको तर्फबाट नेता वैद्यको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुहुँदै अस्पताल प्रशासन र उनको उपचारमा संलग्न चिकित्सकलाई उपचारमा कुनै कमी नगर्नसमेत आग्रह गरे

वैद्यको उपचारमा संलग्न चिकित्सकले उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जनाएका थिए । स्वास्थ्यमा समस्या देखिएपछि सहासचिव वैद्य गत आइतबार अस्पताल भर्ना भएका थिए ।

प्रतिक्रिया दिनुहोस्