Logo
Logo

अविरल वर्षापछिको बाढीले देशका विभिन्न क्षेत्रमा डुबान (तस्बिरहरु)



काठमाडौं । केही दिन देखिको अविरल वर्षाका कारण देशका विभिन्न क्षेत्रमा जनधनको क्षति भएको छ । विशेषगरी सुदूरपश्चिम प्रदेशमा वर्षा पछिको बाढीले धेरै क्षति पुर्याको छ ।

सुदूरपश्चिमसँगै देशका विभिन्न क्षेत्रमा वर्षाका कारण मुख्यत धान र अन्य बालीमा क्षति पुर्याको छ । वर्षाका कारण नदीहरुमा आएको बाढीले कति ठाउँका पुल बगाएको छ भने कति ठाउँका नागरिक डुवानका कारण उद्धारको प्रतिक्षामा रहेका छन् ।

गत असार १ र त्यसपछिको बाढीले पक्की पुल बगाएपछि मेलम्चीको फट्टेमा ह्यूम पाइप राखेर बनाइएको बाटोमा निरन्तरको वर्षाले क्षति पुर्याएपछि यातयात सेवा अवरुद्ध । तस्बिरः देवराज सुवेदी/रासस
गत असार १ र त्यसपछिको बाढीले पक्की पुल बगाएपछि मेलम्चीको फट्टेमा ह्यूम पाइप राखेर बनाइएको बाटोमा निरन्तरको वर्षाले क्षति पुर्याएपछि यातयात सेवा अवरुद्ध । तस्बिरः देवराज सुवेदी/रासस
लगातारको वर्षापछि महाकाली नदीमा आएको बाढी । तस्बिरः शेरबहादुर सिंह/रासस
लगातारको वर्षापछि महाकाली नदीमा आएको बाढीले कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ ओदालीस्थित निर्माणाधीन चार लेनको पुलसँगै बनेको ६ लेनको सडकमा पुर्याएकाे क्षति । बाढीले कालोपत्रे गरिएको सडक बगाउनाका साथै तटीय क्षेत्रमा जोखिम बढेको छ । तस्बिरः शेरबहादुर सिंह/रासस
लगातारको वर्षापछि कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ स्थित ऐरी क्षेत्रमा डुबान परेका घर । प्रहरीले स्थानीयवासीलाई उद्दार गरी विद्यालयमा राखेको छ । तस्बिरः शेरबहादुर सिंह/रासस
आईतबार रातीदेखि परेको अविरल बर्षाका कारण किसानले काटेर राखेको धानबाली पानीले बगाउन थालेपछि शान्तीनगर गाउँपालिका-३ देबीपुरका किसान धान स्याहादै । तस्वीरः नारायणी रजौरे/रासस
आईतबार रातीदेखि परेको अविरल बर्षाका कारण किसानले काटेर राखेको धानबाली पानीले बगाउन थालेपछि शान्तीनगर गाउँपालिका-३ देबीपुरका किसान धान स्याहादै । तस्वीरः नारायणी रजौरे/रासस

आइतबारदेखि परेको अबिरल वर्षाका कारण जलमग्न धनगढी उपमहानगरपालिका-५ हसनपुर क्षेत्र । तस्बिरः मीन ठकुरी, रासस

प्रतिक्रिया दिनुहोस्