Logo
Logo

अधिकारकर्मी रुबी खानले तोडिन् अनसन



काठमाडौं । महिला अधिकारकर्मी रुबी खानले आमरण अनसन तोडेकी छन् । गृह मन्त्रालयका सहसचिव हिरालाल रेग्मीको नेतृत्वमा ६ सदस्यीय समिति बनाउने सहमति भएसँगै अधिकारकर्मी रुबी खानले १३ दिन लामो आमरण अनसन तोडेकी हुन् ।

माइतीघर मण्डलामा मानअवधिकार आयोगकी पूर्व सदस्य मोहना अन्सारी र गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जुस खुवाएर अनसन तोडाएका हुन् ।

अनसन तोडेकी रुबीले सरकारसँग भएको सहमति सम्पूर्ण महिलाहरुको जित भएको बताइन् । उनले समितिले सत्यतथ्य बाहिर ल्याउन नसके फेरि आन्दोलन गर्ने चेतावनी दिइन् ।

निर्मला कुर्मीको अपहरण, शरीर बन्धक र हत्या तथा नकुन्नी धोबीको हत्या भएको भन्दै मुस्लिम समाज चेतना केन्द्रले जिल्ला प्रहरी कार्यालय, बाँकेमा जाहेरी दिएको थियो ।

त्यसबारे प्रहरीले प्रभावकारी अनुसन्धान नगरेको भन्दै रुबी नेतृत्वको टोली नेपालगञ्जबाट २० दिन हिँडेर काठमाडौं आएको थियो ।

प्रतिक्रिया दिनुहोस्