Logo
Logo

फेवातालमा हावाहुरी, ६ जनाको उद्धार


- दृष्टि न्युज/संवाददाता


पोखरा, २० बैशाख ।

पोखराको लेकसाईड स्थित फेवातालमा एक्कासी आएको हावाहुरी र पानीको कारण सो तालमा बोटिङ्ग गरिरहेको दुई वटा डुंगामा पानीमा डुबेमा छ । डुंगा डुबेपछि समस्यामा परेका ६ जनाको सशस्त्र प्रहरीले उद्धार गरेको छ ।


सो घटनाबारे जानकारी प्राप्त हुनासाथै सशस्त्र प्रहरी बल नेपाल गण हेक्वा कास्की नम्बर २४ गणबाट फेवाताल रेस्क्यू टावरमा खटिएको एपीएफ टोलीले उनीहरुको उद्वार गरेको हो ।
एक्कासी आएको हावाहुरी र पानीको कारण तालको विचमा अलपत्र परेका बेल्जियम नागरिक चार्लेट कोलट, काठमाडौं जिल्लाको बौद्ध बस्ने ४५ बर्षिय चेतन लामा, कास्की जिल्लाको पोखरा महानगरपालिका १ बस्ने १५ वर्षिय सिजन तामाङ, २५ वर्षिय असिम श्रेष्ठ, सोही महानगरपालिका ६ वस्ने १६ वर्षिय नितेस केसी र २६ वर्षिय सचिन गुरुङलाई सशस्त्र प्रहरी सहायक निरीक्षक दिपक सिग्देलको कमाण्डमा खटिएको एपीएफ टोलीले तत्कालै उद्वार गरेको हो ।

प्रतिक्रिया दिनुहोस्