Logo
Logo

उद्धारका लागि पुगेको हेलिकोप्टर अवतरण गर्ने ठाउँ नभएपछि फर्कियो



काठमाडौं । महाकाली नदीको बाढीमा फसेका भीमदत्त नगरपालिका–९ मुसेट्टिका पाँच जनाको उद्धारको लागि पुगेको हेलिकोप्टर अवतरण गर्ने ठाउँ नभएपछि फर्किएको छ ।

सुर्खेतबाट गएको सेनाकाे हेलिकोप्टर मुसेट्टि पुगेपनि अवतरण गर्ने ठाउँ नभएपछि फर्किएको नगरपालिका उपप्रमुख सुशिला चन्द सिंहले बताइन् । उनका अनुसार नगरपालिकाका ९, १०, ११, १२ र १३ वडामा जलमग्न भएको छ ।

मुसेट्टिका एकै परिवारका पाँच जना उद्धारको पर्खाइमा छन् । सोमबार राति घर नजिकैको कुखुराको खोर कुर्न गएका पुष्कर, वसन्ती , अशोक र अजय नायक र दीर्घमती खड्का बाढीमा फसेका छन् । उनीहरु बाढीबाट जोगिन रूखमा बसेका छन् ।

बाढीमा फसेका परिवारको उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, जनप्रतिनिधि र स्थानीयले प्रयास गरेपनि अहिलेसम्म उद्धार गर्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्