Logo
Logo

गाउँपालिका अध्यक्ष भन्छन्- ‘तत्काल उद्धार नभए ५० जानभन्दा धेरैलाई माया मार्नुपर्ने हुन्छ’



काठमाडौं । बैतडीको सिगास गाउँपालिकास्थित ढुंगाड बस्तीमा सेती नदीको बाढी पसेपछि स्थानीय ५० जनाभन्दा बढी त्यही फसेका छन् । चारैतिर पानी नै पानी भएपछि फसेका उनीहरू सोमबार रातिदेखि उद्धारको पर्खाइमा छन् । तर, उद्धार हुन सकेको छैन ।

गाउँपालिकाका अध्यक्ष हरि सिंह धामी भन्छन्– ‘तत्काल उद्धार गरिएन भने ठूलो मानविय क्षति हुन सक्छ । प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँणलाई भेटेरै उद्धार गरिदिन अग्रह गरेको थिएँ । तर, अहिलेसम्म उद्धार हुन सकेको छैन, मेरा जनता संकटमा परे ।’

अध्यक्ष धामीले दृष्टिन्युजसँग गरेको कुराकानी–
केन्द्र र प्रदेश सरकारले उद्धारको लागि बिहानै हेलिकोप्टर पठाउछु भन्यो तर अहिलेसम्म पठाएको छैन । गृह मन्त्रालय, जिल्लाको डीएसपी, प्रदेशको डीआइजीलाई बिहानै खबर गरेको हुँ, कसैले पनि वास्ता गरेनन् । पैदल जाँदा पनि तीन-चार घण्टाको बाटो हो । आर्मी, प्रहरीलाई उउद्धार गर्न पठाए हुन्थ्यो । त्यहाँ तीन चार जना प्रहरी पुगेका छन् । उनीहरूले मात्रै उद्धार गर्न सक्ने अवस्था छैन । त्यहाँको जनता कस्तो अवस्थामा होलान भन्ने सोच्न पनि सकिँदैन ।

गाउँपालिकाका अध्यक्ष हरि सिंह धामी

उद्धार नभए राति नै ४०–५० जना मान्छे मर्ने खतरा बढ्यो । अब कसलाई भन्ने ? कसैले सुनेनन् । बिहान गृहन्त्रीलाई कुरा गरे । सीडीओलाई पटकपटक कुरा गरे । सुदूरपश्चिम प्रदेशका डीआइजीलाई पटकपटक कुरा गरे । अहिलेसम्म कसैले केही गरेनन् । थप पानी पर्यो भने सबैलाई बगाएर लैजान्छ । केही पनि भएन अब गर्ने के ?

दिउँसो तीन–चार पकट मौसम सफा भयो । हेलिकोप्टर बस्न सक्थ्यो । आर्मीले सानो खालको हेलिकोप्टर पठाउन सक्थ्यो, तर पठाएन । बाढीका कारण गाउँमा फसेका जनता रोइरहेका छन्, कराइरहेका छन् । मैले गर्न सक्ने केही छैन । यस्तै अवस्था हो भने उनीहरू अत्तिएर मर्नु बाहेक अरू विकल्प छैन । प्रदेश सरकार र प्रदेश सरकरासँग आग्रह गर्छु मेरो जनताको उद्धार गरिदेउ ।

प्रतिक्रिया दिनुहोस्