Logo
Logo

किसानलाई राहत दिन एमालेको माग



काठमाडौं । नेकपा (एमाले)ले वर्षाका कारण भित्र्याउन ठिक्क परेको धानबाली सखाप हुँदा असह्य पीडामा परेका किसान लागि तुरुन्त राहत प्याकेज घोषणा गर्न सरकारसँग माग गरेको छ ।

एमाले प्रवक्ता प्रदिप ज्ञवालीले आज एक विज्ञप्ती जारी गर्दै यस्तो माग गरेका हुन् । बेमौसमी वर्षाका कारण पुग्न गएको जनधनको ठूलो क्षतिप्रति एमाले गहिरो दुःख र चिन्ता व्यक्त गरेको छ ।

एमालेले अवरुद्ध यातायातलगायत सेवाहरू तत्काल सञ्चालन गर्न, बाढीमा फसेका व्यक्तिहरु र संकटमा परेका पर्यटकहरुको तत्काल उद्धार गर्न ध्यानाकर्षण गराएको छ । मौसम पूर्वानुमानको प्रभावकारी व्यवस्था गर्न, किसानलगायत आम नेपालीहरूले अप्रत्यासित रुपमा आउने यस्ता विपत्तिहरूको पूर्व जानकारी पाउने व्यवस्था सुनिश्चित गर्न एमालेले सरकारसँग माग गरेको छ ।

विगत दुई दिनदेखि परेको अविरल वर्षाका कारण देशका विभिन्न भागमा जनधनको ठूलो क्षति भएको छ । पहिरोका कारण कतिपयको ज्यान गएको छ, कतिपय घरबारबिहीन भएका छन् भने कतिपय व्यक्तिहरू बाढीमा फँस्न पुगेका छन् ।

हावाहुरीसँगै आएको ठूलो वर्षाले देशका विभिन्न भू–भागमा पाकेको धानबाली सखाप भएको छ । कृषिमाथि आश्रित लाखौं किसान परिवारमाथि ठूलो बज्रपात भएको छ । कतिपय नदीमा बाढीले खतराको रेखा पार गरेको छ भने तराईका विभिन्न बस्ती डुबानमा परेका छन् । उच्च पहाडी क्षेत्रमा परेको हिमपातले जनजीवन प्रभावित भएको छ ।

प्रतिक्रिया दिनुहोस्