Logo
Logo

यस्तो थियो सिटिजन्स बैंक लुट्ने मुखियाको ‘मास्टर प्लान’



विराटनगर । मोरङको धनपालथान गाउँपालिका–४ कर्सियास्थित सिटिजन्स बैंक र विराटनगरको मेनरोडस्थित गार्मेन्ट पसल लुटपाटमा एउटै समूहको संलग्न रहेको प्रहरीको अनुसन्धानदेखि खुलेको छ ।

प्रहरीले झण्डै दुई साता लगाएर गरेको अनुसन्धानपछि २२ असोजमा विराटनगरको मेनरोडमा रहेको गार्मेन्ट पसल र २५ असोजमा कर्सियाको बैंक लुट्ने समूह एउटै रहेको मोरङ प्रहरीको अनुसन्धानदेखि खुलेको हो ।

विराटनगरको गार्मेन्ट पसल लुटपाटमा चार जनाको संलग्न रहेको देखिएको छ भने बैंक लुटपाटमा ९ जनाको संलग्न रहेको मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीले जानकारी दिए । ‘विराटनगरको पसल लुटपाट गर्ने गिरोहको समूहलाई पक्राउ गरिसकेका छौं,’ उनले भने, ‘गार्मेन्ट पसल लुटपाट गरेपछि बैंक लुटने योजना बनाएका रहेछन् । बैंक लुटपाटमा संलग्न मुख्य गिरोहसहित चार जनालाई पक्राउ गरेका छौं । यस घटनामा अरुको पनि संलग्न छन् । तीनहरुको पनि खोजी कार्य तीव्र बनाएका छौं ।’

लुटपाटको मुख्य योजनाकार विराटनगर–८ का ३२ वर्षीय श्याम मुखिया रहेको मोरङ प्रहरी प्रमुख एसपी जिसीले जानकारी दिए । मुखियाको मास्टर प्लान अनुसार भारतमा सांगाठित अपराधको सञ्जाल चलाउने गिरोहको समूहलाई ल्याएर मोरङमा अपराधिक गतिविधी संचालन गर्ने गरेको खुलेको उनले बताए ।

एसपी जिसीका अनुसार विराटनगरको मेनरोडमा रहेको कोटेक्स ट्रेडिङ सप्लायर्समा हातहतियार देखाएर लुटपाट गर्ने चार जना रहेका थिए । उक्त सप्लायर्समा ४÷५ लाख रुपैयाँ रहेको अनुगमान गरेर मुखियासहित भारत अररिया सेखपुरा ५ का २८ वर्षिय सुनिल यादव, अररिया गोराहा ४ का ३० वर्षिय बिजय सहनी र फारवेसगञ्ज १० का २० वर्षिय रोशन यादव लुटपाट गर्न गएका थिए ।

मुखिया यसअघि उक्त सप्लायर्सको कामदार पनि हुन् । सबै कुरा बुझेको कारणले कपडाको व्यापार गर्ने पसलमा लुटपाटन गर्ने योजना बनाएका थिए । लुटपाट गर्ने बेलामा मुखिया बाहिर बसेका थिए भने पक्राउ परेका अन्य तीन जना तीन वटा पेस्तोल बाकेको लुटपाट गर्न पसल भित्र छिरेका थिए । पसलमा १२ हजार रुपैयाँ मात्र रहेकोले उनीहरुले उक्त रकम र तीन वटा मोवाइल लुटेर लगेका थिए । लुटेको रकम मध्ये मुखियाले ६ हजार अन्य तीन जनाले जनही २र २ हजार बाढेको अनुसन्धानमा संलग्न प्रहरीले जानकारी दिएका छन् ।

यसरी बन्यो बैंक लुट्ने योजना
विराटनगरको व्यस्त बजार, त्यो पनि प्रहरीको २४ घण्टा सुरक्षा रहने ठाउँदेखि कपडा पसल सहज रुपमा लुटेपछि उनीहरूको योजना बन्यो कर्सियाको सिटिजन्स बैंक लुट्ने । ‘विराटनगरको व्यस्त मेनरोड बजारमा रहेको गार्मेन्ट पसल । त्यो पनि वडा प्रहरी कार्यालय अगाडिदेखि दिनदहाडै पसल लुटपाट गर्ने योजना सफल भएपछि हौसिएर बैंक लुट्ने योजना बनाएको बयानको क्रममा लुटेराले भनेका छन्,’ घटनाको अनुसन्धान गर्दै आएका एक प्रहरी अधिकृतले भने ।

व्यवसाय घाटामा जान थालेपछि विकल्पको खोजी गर्दै हिंडेका विराटनगरका श्याम मुखिया भारतको बिहारस्थित आफ्नो मावली पुगेका थिए । बैंकबाट लिएको १० लाखको ऋण र त्यसको ब्याजबाट छुटकारा पाउन उनले त्यहीँ बसेर लुटपाटको योजना बनाएका थिए । भारतमै पेसेवर अपराधीहरुको सङ्गत गरेर मुखियाले आवश्यक हातहतियारसहित लुटपाटको योजना बनाएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

मुखियाले प्रहरीलाई दिएको बयान अनुसार लुटको १५ दिनअगावै भारतीय अपराधीहरु नेपाल आएर लुटको लागि उपयुक्त ठाउँ हेरेर फर्केका थिए । ‘विराटनगर मेनरोडस्थित कोटेक्स ट्रेडिङको पसलबाट १२ हजार नगद र ४ वटा स्मार्टफोन लुटेर लगेपछि बैंक लुट्ने योजना बनाएका थियौं । पसलमा अनुमान गरे बमोजिमको पैसा नभेपछि बैंक लुट्ने योजना बनेको हो’, मुखियाले प्रहरी बयानमा भनेका छन् ।

गार्मेन्ट पसल लुटपाटको क्रममा गल्लामा थोरै नगद देखेपछि आक्रोशित बनेका हतियारधारी समूहले पेस्तोलको पछाडि पट्टिको भागले पसलका सञ्चालक मनोज तोदीको टाउँकोमा समेत प्रहार गरेका थिए । प्रहारबाट घाइते उनको विराट नर्सिङ होममा उपचार गरिएको थियो ।

बैंक लुटपाटअघि मुखियासहितको सो समूह मोरङ धनपालथानसँगै जोडिएको जहदा गाउँपालिकाको एक कृषि फर्ममा बस्दै आइरहेका थिए । मुखिया लागूऔषध कारोबारी पनि हुन् । प्रहरीले उनीहरू बस्ने डेरादेखि लागूऔषध पनि बरामद गरेको छ ।

प्रहरीका अनुसार यो समूहको एक जना वर्षदिन अघिदेखि नै सो फर्ममा कार्यरत थिए । अररिया गोराहा–४ का ३० वर्षीय विजय सहनी एक वर्षदेखि फर्ममा कार्यरत रहेको प्रहरी अनुसन्धानले देखाएको छ । सहनी भने भारतबाट हत्या आरोपमा फरार भएका अभियुक्त पनि हुन् । उनीमाथि सामान्य झगडा हुँदा भारतमा आफ्नै छिमेकी शिवशंकर सहनीको गोली हानेर हत्या गरेको आरोप छ ।

यो समाचार हाम्रोमतबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्