Logo
Logo

वनमन्त्री यादवद्वारा वनस्पति विभागको अवलोकन



काठमाडौं । वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादवले वनस्पति विभागमा अवलोकन तथा निरिक्षण गरेका छन् ।

काठमाडौंस्थित वनस्पति विभागमा मन्त्रालयका सचिव डा. प्रेमनारायण कँडेल तथा विभागका महानिर्देशक डा. बुद्धिसागर पौडेलसहित मन्त्री यादवले आज वनस्पति विभागका ल्याब उपकरण र विभिन्न प्रकारका परिक्षण र प्रशोधनका लागि राखिएका बनस्पतिहरूको अवलोकन गरेका हुन् ।

‘नेपालमा विभिन्न प्रकारका वनस्पति भएतापनि हामी यस क्षेत्रमा आधुनिकरण र बजारिकरणमा अगाडि बढ्न र विकसित हुन सकेका छैनौं । प्रयोगशालाहरूमा पनि आधुनिक उपकरणको अभाव रहेको र ल्याबटेक्निसियनहरूलाई पनि आधुनिक तालिम उपलब्ध नहुनाले यस क्षेत्रलाई विकसित हुनबाट बञ्चित भएको छ । साथै यस क्षेत्रमा विशेष लगानि र बजेट अभावका कारण पनि समस्या देखिएको छ’ वन मन्त्री यादवले भने ।

नेपालको वनस्पति उत्पादनलाई विकसित गरेर यहीको जडिबुट्टिबाट उत्पादित बस्तुको राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारको व्यवस्था गर्न सके देशलाई ठूलाे उपलब्धि हुने उनले बताए । साथै राष्ट्रिय अर्थतन्त्रमा पनि महत्वपुर्ण योगदान दिँदै रोजगारको सिर्जना पनि हुने उनले बताए ।

मन्त्री यादवले यसतर्फ ध्यान दिन र नीति नियम तथा कानुन बनाई अघि बढ्न निर्देशन समेत दिए । स्थानीय स्तरमा नै वनस्पति प्ररिक्षणका लागि प्रयोगशाला निर्माण गर्न नीति नियम बनाई अघि बढ्न आवश्यक्ता रहेको उनले बताए ।

स्थानीय स्तरमा प्रशिक्षण प्रयोगशाला निर्माण गरे जडिबुट्टि वनस्पति सम्बन्धि कृषि गर्ने कृषकहरूलाई सहज र ठूलाे मद्दत पुग्ने उनले बताए । यस क्षेत्रको विकास, वनस्पति उत्पदानमा बृद्धि स्थानीय स्तरबाटै बढ्ने र बजारिकरण गर्न सकिने हुँदा प्रयोगशाला निर्माण गर्नका लागि अघि बढ्न र प्रविधि ल्याबटेक्निसियको आधुनिक तालिमको पनि व्यवस्था सरकारले गर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्