Logo
Logo

जलमग्न भएपछि विराटनगर विमानस्थल बन्द



तस्बिरः अर्जुन आचार्य

काठमाडौं । लगातारको वर्षापछि नजिकैको खोलामा आएको बाढी पसेपछि विराटनगर विमानस्थल बन्द भएको छ । केशलिया खोलामा आएको बाढी विमानस्थलमा पसेपछि बन्द भएको हो ।

विमानस्थलको धावनमार्गमा डेढ फिटसम्म पानी जमेको छ भने टर्मिनल भवनभित्र पनि पानी जमेको छ । एयरपोर्ट डुबानका कारण काठमाडौंका लागि टिकट काटेर बसेका यात्रुहरू अलपत्र छन् । विमानस्थल कार्यालयका प्रमुख उत्सव खरेलका अनुसार, विमानस्थलभित्रका सबै स्थान जलमग्न भएको छ । उडान प्रभावित भएकाे छ ।

विराटनगरमा दैनिक आउने र जाने गरी ४२ उडान भइरहेको छ। यहाँबाट दैनिक १ हजार यात्रु ओहोरदोहोर गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्