Logo
Logo

विराटनगरमा बाढीले ५ सय घरको बिचल्ली




विराटनगर । गत सोमबार रातीबाट परेको अविरल बर्षाले विराटनगरको दक्षिण क्षेत्र डुवानमा परेको छ । पानीको निकास थुनिंदा सडकमा पानी जमेर आवतजावतसमेत समस्या उत्पन्न भएको छ ।

लगातारको वर्षाको कारण केसेलिया खोलाको बाढी विराटनगर १२ को बखरी, दरैया, बराहाटोल, मलौना, सिमराहीका करिब पाँच सय घर परेका छन् । १२ का वडाअध्यक्ष हिरालाल कामतका अनुसार घर डुवानमा परि विस्थापित भएका परिवारका सदस्यहरु हाल विराटनगर १२ मा रहेको सामुदायिक भवन र बखरी स्कूलमा राखिएको छ ।

कसेलिया खोलामा आएको बाढी ‘ओभरफ्लो’ भएर विराटनगरका विभिन्न स्थानमा पसेको हो । प्रहरीका अनुसार बाढीले विराटनगरको उत्तरी, दक्षिणी र पश्चिमी भेगमा बढी प्रचावित भएको हो ।

खोलाको बाढी वस्तीमा पसेपछि विराटनगर १२ बखरीमा एक्कासि आएको बाढीले घर डुवाउन थालेपछि सर्वसाधारण आफ्नो ज्यान जोगाउन अतआिवश्यक सामाग्री बोकेर शहरणको आफन्त र सामुदायकि भवनमा सरेका छन् ।

‘घरभित्र केसेलिया खोलाको बाढी पसेपछि रातीदेखि सुत्न सकेको छैन,’ विराटनगर १२ बखरीकी अनितादेवि कामतले भनिन्, ‘साना छोरा छोरीलाई बल्ल तल्ला झिकेर बाहिर निकाले । अरु केही सामान झिक्न पाएको छुइन् । अहिले घरमा पानी पसेर जलग्मन छ ।’

लगातारको वर्षाका कारण खोलाहरुमा आएको बाढीले विराटनगरका १२, १५, १६, १७, १८ अधिकांस घर डुवानमा परेको मोरङ प्रहरी प्रमुख एसपी जर्नादन जिसीले जानकारी दिए्।

एसपी जिसीले प्रहरी बाढीपीडितको उद्धारमा व्यस्त रहेका कारण बाढीले कति क्षति पु¥यायो भन्ने कुराको यतिन विवरण प्राप्त हुन सकेको छैन । बाढीपीडितको उद्धारका लागि प्रभावित क्षेत्रमा सशस्त्र प्रहरी र नेपाल प्रहरी खटिएका छन् ।

प्रतिक्रिया दिनुहोस्