Logo
Logo

बाढीबाट दोधाराचाँदनीमा १ हजार परिवार विस्थापित



महेन्द्रनगर । लगातारको पानीसँगै आएको बाढीबाट दोधाराचाँदनी नगरपालिकाका करिब १ हजार परिवार विस्थापित भएका छन् ।

महाकाली नदीको पानी गाउँमा पस्दा दोधाराचाँदनी नगरपालिका–१० का बासिन्दाको बिचल्ली भएको हो । सो परिवारलाई अम्भिका माविमा राखिएको दोधाराचाँदनी नगरपालिकाका प्रवक्ता दिलबहादुर सिजालीले जानकारी दिए ।

उनका अनुसार ‘विस्थापित परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । उनीहरुको खाने, बस्नको व्यवस्थापन नगरपालिकाले गरेको छ ।’ उनले भने ‘आज १० बजे नगर कार्यपालिकाको बैठक छ,’ बाढी पीडित परिवारका लागि राहतका कार्यक्रम ल्याइने बिषयमा छलफल गरिने छ ।’
उनका अनुसार पानीको मात्र नघटेकाले बाढी पीडित परिवारलाई घर फर्किन २/३ दिन लाग्ने छ ।

दोधाराचाँदनी र भीमदत्त नगरपालिकाका करिब २७ सय बाढी पीडितलाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता सिद्धराज न्यौपानेले बताउँछन् । हाल जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको न्यौपानेको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्