Logo
Logo

बाढीपहिरो पीडितलाई राहत उपलब्ध गराउन माग



काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकटको अनेरास्ववियू (क्रान्तिकारी)ले देशका विभिन्न भागमा आएको बाढीका कारण मृत्यु भएका मृतकका परिवारलाई राहत तथा घाइतेको उपचार तुरुन्त गर्न सरकारसँग माग गरेको छ ।

अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले एक विज्ञप्ति जारी गर्दै बाढी पहिरोबाट बेपत्ता भएकाहरुको खोजीमा तिब्रता दिन सरकारको ध्यानाकर्षण गराएकी छन् ।

‘बाढीका कारण भएको मानविय तथा अन्य क्षतिको यथार्थ विवरण संकलन गरी तत्काल राहत प्याकेज घोषणा गर्न स्थानिय, प्रदेश तथा संघीय सरकारसँग जोडदार माग गर्दछौ’ विज्ञप्तिमा भनिएको छ, ‘बाढी पहिरो लगायत प्राकृतिक प्रकोप जस्ता शंकटको घडीमा अनेरास्ववियु क्रान्तिकारी सधैव जनताको शंकट समाधानको लागि जनतासँगै रहेको कुरा जगजाहेर छ ।’

यस शंकटको समयमा अनेरास्ववियु क्रान्तिकारीको सबै निकायमा रहेका नेता कार्यकर्ताहरुलाई उद्धार कार्यमा जुट्न निर्देशन गर्दै विपत जोखिम क्षेत्रका नागरिकहरुलाई उच्च सतर्कता अपनाउन समेत आह्वान गरेको छ ।

बाढी पहिरोका कारण समस्यामा परेका नागरिकहरुलाई सहयोगको लागि सहयोगीदाताहरुसँग क्रान्तिकारीले अपिल समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्