Logo
Logo

बाढीपहिरो अपडेट : ४८ जनाको मृत्यु, ३१ जना बेपत्ता



काठमाडौं । आइतबारदेखि परेको अविरल वर्षासँगै आएको बाढीपहिरोबाट बुधबार मध्यान्हसम्म देशभर ४८ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार ११ जिल्लाका ४८ जनाको मृत्यु भएको हो ।

मन्त्रालयका अनुसार कालिकोटमा १, बैतडीमा ४, डडेलधुरामा १, डोटीमा ९, हुम्लामा ६, प्युठानमा १ जनाको मृत्यु भएको छ ।
त्यस्तै, धनकुटामा ६, सुनसरीमा २, पाँचथरमा ६, इलाममा ११ र उदयपुरमा १ जनाको मृत्यु भएको छ । मन्त्रालयको तथ्यांकअनुसार ३१ जना बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा डोटीमा १ जना, बझाङमा २३ जना, प्युठानमा २ जना र इलाममा ५ जना रहेको छ । बाढीमा परी ७ जिल्लाका २३ जना घाइते भएका छन् भने २० घरमा क्षति पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्