Logo
Logo

किसानको क्षतिप्रति राजनीतिकर्मीको चासो


रुपेन्द्र पटेल


रौतहट । लगातारको वर्षाका कारण तराईका जिल्लामा कृषि क्षेत्रमा करोडौँको क्षति पु¥याएको छ । रौतहटका किसानले लगाएको धानबाली बर्षाले नष्ट भएको हो ।

काटेर उठाउने तयारी अवस्थामा रहेको धान बर्षाले नष्ट गरेका छ । नकाटेको धानसमेत हुरीले खेतमै ढालेको छ । वर्षाका कारण किसानलाई ठूलो क्षति भएपछि यहाँका राजनीतिकर्मीले चासो देखाएका छन् ।

नेकपा एमाले रौतहटका अध्यक्ष तुलसीराज गिरी आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत सरकारले किसानलाई तत्काल राहतको व्यवस्था गर्न आग्रह गरको छन् ।

यस्तै रौतहट क्षेत्र नं ४ का संघीय सांसद देवीप्रसाद तिमल्सिनाले पनि आफ्नो फेसबुकमार्फत रौतहटका किसानमाथि आइपरेको विपतका बेला सरकारले चासो दिनुपर्ने बताएका छन् ।

यसैबीच, रौतहटका नेता तथा पुर्वमन्त्री प्रभु साहले बेमौसमी वर्षा तथा हावाहुरीका कारण देशैभरका किसानका बालीनाली क्षति भएको भन्दै किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गरेका छन् । साहले सामाजिक संजाल फेसबुकमा पीडित किसानलाई क्षतिपूर्ति तथा राहतको व्यवस्था गर्न सरकारसँग माग गरेका हुन् ।

लगातारको बर्षाले रौतहटको धानबालीमा ठूलो नोक्सानी भएको छ । कृषि ज्ञान केन्द्र रौतहटमा जिल्लाका स्थानीय तहले विवरण नपठाउँदा क्षति एकिन गर्न नसकेको कृषि ज्ञान केन्द्र रौतहटले जनाएको छ ।

स्थानीय तहले किसानको भएको क्षति विवरण संकलन गर्नुपर्ने छ । तर, संकलन गरेको विवरण जिल्लाका कुनै स्थानीय तहले अहिलेसम्म नपठाएको कृषि ज्ञान केन्द्र रौतहटले जनाएको छ । बुधबार पनि रौतहटसहित देशभरका विभिन्न स्थानमा निरन्तर वर्षा भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्