Logo
Logo

अवसरवादको खेती गर्ने कम्युनिष्ट हुन सक्दैनन् : पोखरेल



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव तथा पूर्वउपप्रधानमन्त्री ईश्वर पोखरेलले अवसरवादको खेती गर्ने शक्तिहरु सच्चा कम्युनिष्ट हुन नसक्ने बताएका छन् ।

नेकपा एमाले कास्कीद्वारा पोखरामा आयोजित दशैं, तिहार, छठलगायत चाडपर्वका अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा उनले सच्चा कम्युनिष्टले आफ्नो पार्टीको सरकारलाई हटाएर विरोधी पार्टीको नेतालाई प्रधानमन्त्री बनाउन नसक्ने बताए ।

जनताको समर्थन हुँदाहुँदै नेकपा एमाले नेतृत्वको सरकारलाई अपदस्थ गर्ने काम भएको बताउँदै उनले मुलुकको आर्थिक विकास र समृद्धिको मुद्दालाई जहाँ भए पनि नछोड्ने विश्वास व्यक्त गरे ।

नेकपा एमाले केन्द्रीय सचिव एवम् गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पार्टीको विधान अधिवेशनले पार्टी सङ्गठनलाई थप मजबुत र आगामी कार्य नीति निर्दिष्ट गरेको बताउँदै देशव्यापीरुपमा सङ्गठन सुदृढीकरण अभियानमा अघि बढ्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्