Logo
Logo

हुम्लामा पहिरोले पुरिँदा एकै घरका ६ जनाको मृत्यु



हुम्ला । हुम्लाको खापुर्नाथ गाउँपालिका–५ खर्पेलगाउँमा पहिरामा पुरिँदा ६ जनाको मृत्यु भएको छ ।

आइतबार रातिदेखि आएको लगातारको वर्षाले मङ्गलबार राति धाविरे शाहीको घर माथिबाट आएको पहिरामा पुरिँदा एकै घरका ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक हेरम्बा शर्माले बताए ।

खर्पेलगाउँस्थित धनवीरे शाहीको घरमा मङ्गलबारराति माथिबाट खसेको पहिराले घर पुरिँदा धनवीरे शाहीसँगै कलबहादुर शाही, आशा शाही र उनका ११, ५ र ३ वर्षीय छोरा पुरिएर ज्यान गएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

पहिराले पुरिएर बेपत्ता भएका भनिएका धनवीरे शाही र उनका १४ वर्षीय छोरा अलेन्द्र शाहीको शव निकालिएको छ ।

प्रतिक्रिया दिनुहोस्