Logo
Logo

बाढीपहिरोबाट इलाममा १३ जनाको मृत्यु


504
Shares

काठमाडौं । अइतबारदेखि परेको वर्षासँगै आएको बाढीपहिरोमा परेर इलाममा १३ जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय इलामका एसपी महेन्द्र श्रेष्ठका अनुसार पहिरोमा परी देउमाई नगरपालिका, फाकथोकथुम गाउँपालिका, सुर्यदय नगरपालिका र मान्सेवुङ गाउँपालिकाका ६ जना महिला र ७ जना पुरुषको मृत्यु भएको हो ।

मृत्यु हुनेमा सुर्यदय नगरपालिका–३ नेलबोटेका ४९ वर्षीया नारायाणदेवी मोते, ३८ वर्षीया विष्णुमाया तामाङ र १६ वर्षीय विशाल तामाङ रहेका छन् ।

त्यस्तै फाकथोकथुम गाउँपालिका –१ का ३० वर्षीया बिना शेर्मा लावती, १४ वर्षीय आइतबहादुर राई, वडा नम्बर–३ का ७५ वर्षीय रनजटा कटुवाल, १५ वर्षीय निशान कटुवाल, १२ वर्षीय निश्चय कटुवाल र नयनसिंह कटुवालको मृत्यु भएको छ ।

यता, मान्सेबुङ गाउँपालिकामा पनि पहिरोले पुरिएर दुई जनाको मृत्यु भएको छ । एसपी श्रेष्ठका अनुसार मान्सेवुङ गाउँपालिका–६ का २५ वर्षीया कविता राई र हरिप्रसाद राईको मृत्यु भएको छ ।

त्यसैगरी माई नगरपालिका–३ का तेजमान राईको रुखको हाँगाले लागेर मृत्यु भएको छ भने खोलाले बगाउँदा देउमाई नगरपालिका–२ का ४५ वर्षीया सरिता आचार्यको मृत्यु भएको एसपी श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्