Logo
Logo

गिनिज बुकको आधा भाग त हामीले गरेका कामले भरिन्छ : ओली


4.7k
Shares

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारले गरेका कामले गिनिज बुकको आधा भाग भरिने बताएका छन् ।

बुधबार एमाले बागमती प्रदेश अधिवेशन आयोजक कमिटीको बैठकमा सम्बोधन गर्दै उनले आफ्नो नेतृत्वमा सरकार छँदा प्रशस्तै काम गरेको दाबी गरेका हुन् ।

उनले भने, ‘हामीले ३९६ वटा अस्पतालको एकै दिन एकैचोटी शिलान्यास गर्‍यौं, देशभरि। विश्व रेकर्ड हो यो। गिनिज बुकमा यस्ता कति लेखेको हुन्छ हुन्छ, हामीले दाबी नगरेर मात्रै हो। गिनिज बुकको आधा त हामीले गरेका कामले भरिन्छ होला ।’

उनले एकैपटक ६ सय भन्दा बढी स्वास्थ्य चौकी एकैपटक शिलान्यासदेखि २१० वटा बाटो एकैदिन शिलान्यास गरेको चर्चा गरे । उनले एमालेको अभिष्ट सरकार बनाउने भन्दा पनि देश बनाउने रहेको भन्दै देश बनाउने निश्चित गरेर मात्रै सरकार बनाउने बताए ।

उनले आफूहरु ज्याद्रो मान्छे भएको बताए। ‘दुई पटक किड्नी फेरेको प्रधानमन्त्री नेपालमाबाहेक दुनियाँमा कहीँ पाइँदैन। तीबाट थाहा भइहाल्छ। कहीँ पाइँदै पाइँदैन । किड्नी फेरेको मान्छे बिमारीजस्तै नभइकन फेरि जस्ताको तस्तै, दुईपल्ट किड्नी फेरेर पनि उस्ताको उस्तै हुने, दुनियाँमा सायद कहीँ हुँदैन। यहीँ हुन्छ।’

प्रतिक्रिया दिनुहोस्