Logo
Logo

पहिरोमा परी घाइते भएकाको उपचार गर्न गएका दुई चिकित्सक बेपत्ता


अतित योङहाङ


इलाम । पहिरोमा परी घाइते भएकाहरुको उपचार गर्न गएका दुई चिकित्सक बेपत्ता भएका छन् ।

इलामको माङसेबुङ र पाँचथरको मिक्लाजुङ गाउँपालिको संगमस्थल चिसोपानी पन्चमी बजारबाट मिक्लाजुङ गाउँपालिका वडा नम्बर ६ मा पहिरोमा परी घाइते भएकाको उपचारका लागि गएका चिकित्सक सुमन राई र ठाकुराप्रसाद याक्खा बेपत्ता भएका हुन् ।

राई र याक्खा दुवै माङसेबुङ–६ स्थित बाँझो स्वास्थ्य चौकी-सामुदायिक स्वास्थ्य इकाईमा कार्यरत थिए । मंगलबार साँझ उपचारका लागि घाइतेको परिवारले बोलाएपछि उनीहरु उपचारका लागि घटनास्थल प्रस्थान गरेका थिए । तर, घरबाट हिडेको ५ मिनेटपछि नै उनीहरु सम्पर्कविहीन भएका हुन् ।

नजिकै पहिरो गएको ठाउँ भएकाले सोही पहिरोले पुरिएको हुनसक्ने अनुमान गरिएको छ । उनीहरुको खोजीकार्य जारीरहेको छ । तर हालसम्म फेला पर्न सकेको छैन । इलाम सुम्बेक घर भएका याक्खा र माङसबेुङ २ इभाङ घर भएका राई साइनोमा साढुदाई र साढुभाई हुन् ।

प्रतिक्रिया दिनुहोस्