Logo
Logo

मिक्लाजुङमा मृत्यु भएका १२ जनाको सनाखत



इलाम । पाँचथरको मिक्लाजुङ गउँपालिका वडा नम्बर ५ चिसोपानी पञ्चमी बजारमा पहिरोमा परी मृत्यु हुने १२ जनाको सनाखत भएको छ ।

मत्यु हुनेहरुमा मिक्लाजुङ–५ का ३६ वर्षीय विष्णुप्रसाद लावती, ३६ वर्षीय सन्दीप लावती, ५५ वर्षीया भद्रमाया लावती, १७ वर्षीया अनिषा चोङबाङ, २८ वर्षीय प्रताप चोङबाङ, ६५ वर्षीय पदमसिंह चोङबाङ, ३१ वर्षीय सुरज चोङबाङ, ७६ वर्षीय धनबहादुर लावती र ९ महिनाकी आकंक्षा चोङबाङ रहेका छन् ।

त्यस्तै मिक्लाजुङ–४ का २९ वर्षीय बबिन राई, २७ वर्षीय दिवान राई, धनकुटा घर भई पदमसिंह चोङबाङको घरमा बस्दै आएका अन्दाजी ६० वर्षीय मगर साइला नाम गरेकाको मृत्यु भएको हो ।

मिक्लाजुङ ५ नम्बर वडाका अध्यक्ष अबिशन लावतीले मृतकमध्ये १२ जनाको खनाखत भएको जानकारी दिए । अध्यक्ष लावतीका अनुसार अरुको सनाखत गर्ने काम भइरहेको छ ।

सोही वडामा पहिरोमा परी घाइते भएकाको उपचार गर्न गएका दुई चिकित्सकको खोजी भइरहेको छ । चिकित्सक सुमन राई र ठाकुराप्रसाद याक्खा बेपत्ता भएका छन् । उनीहरुको खोजी भइरहेको अध्यक्ष लावतीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्