Logo
Logo

प्रदेश-१ का ६ जिल्लामा अझै केही दिन विद्युत सुचारु नहुने



सुनसरी । बाढीपहिरोले प्रदेश–१ का जिल्लामा विद्युत अवरुद्ध भएको छ । मंगलबार विद्युत प्राधिकरणको दुहबी ग्रिडमा टेङ्ग्रा खोलाको बाढी पसेपछि प्रदेश–१ का सुनसरी, मोरङ, धनकुटा, तेह्रथुम, भोजपुर र सङ्खुवासभामा विद्युत अवरुद्ध भएको हो ।

दुहबी ग्रिडका प्रमुख राजेश रेग्मीका अनुसार ग्रिडमा बाढी पसेर डुबान भएपछि मंगलबार राति साढे ८ बजे देखि बिजुली अवरुद्ध भएको थियो । बुधवार पानी तर्काएर १३२ केभी प्रसारण लाइन अन्तर्गत झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लामा भने विद्युत सुचारु भएको छ ।

सुनसरी, मोरङ, धनकुटा, तेह्रथुम, भोजपुर र सङ्खुवासभामा भने बिजुली अझै कहिले आउने टुङ्गो छैन । मौसममा सुधार आए बिहीबार साँझ सम्ममा विद्युत सुचारु हुन सक्ने प्रमुख रेग्मीले बताए । पानी पर्यो भने कहिलेसम्म विद्युत अवरुद्ध हुन्छ भनेर यकिन गर्न नसकिने उनले बताए ।

विद्युत अवरुद्ध भएपछि यो क्षेत्रका एफएम रेडियोहरूको प्रसारण समेत रोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्